नेपाल मगर संघ क्षेत्रीय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै

फाईल तस्विर

टोकियो,माघ,१-नेपाल मगर संघ जापान क्षेत्रिय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै छ।

नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती नागोयाको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिवारका दिन मनाउन लागेको हो।

प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।

आज नागोयामा हुने माघि विशेष साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट आउनु भएका चर्चीत कलाकार देविराम राना मगर, जापानमा रहेका चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, लोक तथा दोहोरी गायीका रचना राना मगरको प्रस्तुती रहेको नेपाल मगर संघ जापान क्षेत्रीय समिती नागोयाका अध्यक्ष रोशन थापा मगरले जानकारी दिनुभयो।

यस्तै : माघे संक्रान्ति कार्यक्रममा एकल तथा सामुहिक नृत्य हुनेछ।कार्यक्रमा साके सन सिटी भवनमा दिँउसो ३ बजे देखी राती ८ बजे सम्म हुनेछ।