अञ्जन र अरुणा वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं,फाल्गुन,२३-अञ्जन बिष्टले यस वर्षको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।बजाज पल्सर एनएसजेएफ स्पोर्टस अवार्ड २०७८ अन्र्तगत फुटबर अञ्जनले यो अवार्ड जितेका हुन् ।

२०७८ सालको प्रदर्शनका आधारमा अन्जनले यो अवार्ड पाएका हुन् ।उनलाई बजाजका अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरेका हुन् ।

यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छिन्।यसैगरी वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी घोषित भएका छन् ।

पिपुल्स च्वाइस बिधाको अवार्ड भने भलिबलकी उषा भण्डारीले हात पार्न सफल भएका छन्।खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड जितेकी हुन्।यसैगरी, वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन्।

यस्तै, एथ्लेटिक्स प्रशिक्षक रघुराज वन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।यस्तै, ब्याडमिन्टन खेलाडी मायादेवी मोक्तान र दानबहादुर तामाङ स्पेशल अवार्डबाट पुरस्कृत भएका छन्।यसैगरी, एशियन स्पोर्टस् जर्नलिष्ट अवार्ड कतारका मोहमद हीजीले प्राप्त गरेका छन् ।

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गरेका छन् ।