महिला साफ: नेपालले आज भुटानको सामना गर्ने

नेपाल भर्सेस भुटान : सम्पूर्ण जानकारीकाठमाडौ,भाद्र,२१-छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

 

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ ।

साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । भुटान पनि नेपाललाई स्तब्ध बनाएर सानदार सुरुआत गर्न चाहन्छ ।

खेल कति बजे सुरु ?

दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

टिकट दर ?

एन्फाले महिला साफको फरक टिकट मूल्य तोकेको छ ।एन्फाले सामान्य प्यारापिटमा ३ सय र भीआईपीतर्फ ५ सयको टिकट मूल्य राखेको छ ।दर्शकले पे वेलबाट टिकट किन्न सक्ने एन्फाले जनाएको छ ।

 प्रत्यक्ष प्रशारण ..

नेपाल र भुटानबीचको  खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।खेलको प्रत्यक्ष प्रशारण एपी वान लिभिजनबाट हुनेछ ।