मतदान स्थलमा काँग्रेस उम्मेदवार

बँके,असार,१४ –
नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा पुगी मतदान गर्नुभएको छ । भने उपमेयरका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी उच्च माविमा विहानै ७ बजे नै मतदान गर्नुभएको छ ।

मेयर र उपमेयरका उम्मेदवारहरुले मतदान गरिसकेपछि नगरका सबै मतदान केन्द्रहरुमा पुग्नुभएको छ । मतदान केन्द्रमा पुगेका मेयर र उपमेयरका उम्ेदवारहरुलाइ देखेपछि मतदाताहरु उत्साहि देखीएका छन् । मतदाताहरुले मतदान केन्द्रमै डा.कानोडिया र उमा थापा मगरलाइ विजयीको शुभकामना दिएका थिए ।

उता कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएका भानुक्त भट्टराइले कोहलपुर वडा नम्बर ११ जनज्ञान ज्योती मावि वगिया स्कुलमा मतदान गर्नुभएको छ भने उपमेयर पदकी उम्मेदवार सन्जु कुमारी थारुले वडा नम्बर ६ सिद्धार्थ मावि रझेनामा विहानै मतदान गर्नुभयो । १५ ओटा वडा रहेको कोहलपुरका सबै मतदान स्थलहरुमा मेयर र उपमेयरका पुग्नुभएको छ ।

त्यस क्षेत्रका मतदाताहरु समेत उत्साहि भएका छन् कोहलपुर क्षेत्रका समाजसेवी भानुभक्त भट्टराइलाइ अग्रिम शुभकामना दिनेहरुको लर्को देखिन्थ्यो । अन्य ६ ओटा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवारहरुले आ आफ्नो मतदान केन्द्रमा गइ मतदान गरेका छन् ।

बैजनाथ गाउँपालिकाका प्रमुख देव बहादुर खत्रीले सम्झना निमावि वडा नम्बर ६मा र उपप्रमुख पदका उम्मेदवार भावना चौधरीले सरस्वती निमावि वडा नम्बर ३मा मतदान गर्नुभएको छ । जानकी गाउँपालिकाका प्रमूख पदका उम्मेदवार छब्बन खाँले इस्लामिया गुडिया मदरसा वडा नम्बर ५ बाट र उपप्रमुख रामप्यारी यादवले जनता प्रावि वडा नम्बर २ बाट मतदान गर्नुभएको छ ।

त्यस्तै राप्ती सोनारी र खजुरा गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले पनि आ आफ्नो मतदान केन्द्रमा मतदान गर्नुभएको छ । बाँकेमा पुरुष १ लाख २५ हजार ९ सय ९३, महिला १ लाख २० हजार ८४ र तेस्रोलिङ्गी १ जना गरी कुल २ लाख ४६ हजार ७८ जना मतदाता रहेका छन् । बाँकेमा ८ ओटा स्थानिय तहमा १ सय ३६ मतदान स्थल र २ सय ९५ वटा मतदान केन्द्र रहेका छन् ।