नेपाल आदिवासी जनजाति महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने

क्षेत्रिय कमिटी गठनका लागी अगस्ट २४ तारीखमा बैठक बस्दै

मिलन मगर/

जापान,साउन,३२-

नेपाल आदिवासी जनजाति महासंघले जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने भएको छ । सबै जनजातिहरुलाई एक ठाँउमा गोलबद्व गराउने साझा, छाता संगठनको रुपमा रहेको संस्था नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय कमिटी जापानको क्युसु क्षेत्रमा गठन गर्न लागेको हो । 

नेपाल आदिवासी जनजाति महासंघ जापान

यहि अगष्ट १४ तारिखका दिन फ़ुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका हस्त लामाको अध्यक्षतामा बसेको बैठकले नेपाल आदिवासी जनजाति महासंघको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने बिषयमा छलफल गरेको थियो ।

उक्त बैठकले क्षेत्रिय कमिटी गठन लाई पुर्णता दिन अर्को चरणको बैठक बस्नु पर्ने भन्दै यहि अगष्ट २४ तारिखका दिन बैठक डाकेको छ । सोहि बैठकले नै अन्तत : क्षेत्रिय कमिटी गठन बारे टुङ्गो लगाउने छ ।

अहिले क्युसु क्षेत्रमा एकल जातिय संगठनका संस्थाहरु मात्र रहेका छन् ।क्युसु क्षेत्रमा जनजातिको बाहुल्यता भए पनि एक आपसमा परिचय अर्थात् चिनजान नभएको र एकआपस बिच भाईचाराको सम्बन्ध नभएकोले गर्दा बिभिन्न कुराहरुमा पछाडी परिरहेको  बैठकले निश्कर्ष निकालेको थियो |

यसैबिच : नेपाल तामाङ समाज क्युसु क्षेत्रका अध्यक्ष बिष्णु बहादुर तामाङले यहि समाचारलाई सूचना मानि अगष्ट २४ तारीखका दिन हुने उक्त बैठकमा क्युसु क्षेत्र तथा आस पासका सम्पूर्ण आदिवासी जनजातिहरुलाई उपस्थितिको लागि हार्दिक अपिल गर्नु भएको छ ।