कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तु,कार्तिक,१४-

कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।

तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आज ३५ राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले आज कृष्णनगर बसपार्कमा रहेको पुलिस बिट समेत जलाइदिएका छन् । अहिले कृष्णनगरमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ति विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ ।कफ्र्यू आदेश जारी भएपनि प्रदर्शनकारीले समुह बनाई प्रदर्शन गरिरहेका छन् ।ईमेजखबरबाट