नेपालको शानदार जित : आयोजक किर्गीस्तान ८-२ गोलले पराजीत

नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानको सामना गर्ने

काठमाण्डौं,भाद्र,२२-

किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । 

आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको हो । 

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् ।  यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन् ।

जितसँगै नेपालले तीन अंकबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानको सामना गर्नेछ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।

नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा आयोजना हुने १३ औं सागको तयारीको रुपमा लिएको छ । साभार खेलपाटी बाट

नेपाली टिम :

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

मुख्य प्रशिक्षक : हरि खड्का

सहायक प्रशिक्षक : अरुणा गुरुङ

गोलकिपर प्रशिक्षक : अस्मिता खवास

टिम म्यानेजर : पेमा लामा