काठमाण्डौं,भाद्र,२३-
किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) उज्वेकिस्तानसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछ । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो ।
( लाईभ भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।)
पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।
नेपाली टिम :
गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर
डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी
मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई
मुख्य प्रशिक्षक : हरि खड्का
सहायक प्रशिक्षक : अरुणा गुरुङ
गोलकिपर प्रशिक्षक : अस्मिता खवास
टिम म्यानेजर : पेमा लामा