उज्वेकिस्तान संग नेपाल २-० गोलले पराजीत

नेपालले तेस्रो खेल भदौ २४ गते ताजिकिस्तानसँग खेल्ने

काठमाण्डौं,भाद्र,२३-

किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजीत भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल उज्वेकिस्तान संग २-० गोल अन्तरले पराजीत भएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो ।

पहिलो पटक आयोजना भएको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । 

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ । 

नेपाली टिम :

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

मुख्य प्रशिक्षक : हरि खड्का

सहायक प्रशिक्षक : अरुणा गुरुङ

गोलकिपर प्रशिक्षक : अस्मिता खवास

टिम म्यानेजर : पेमा लामा