ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि घटाइयो

काठमाडौं, असार १८-

सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमले आइतबार ग्यास, डिजल र मट्टितेलको भाउ सामान्य घटाएको हो ।

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।यसैगरी, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाएको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ घटाएको निगमले जनाएको छ ।घटेको मूल्य आइतबार मध्यरातिबाट लागू हुने जनाइएको छ ।