नैतिकताको आधारमा माओवादीले सरकार छाेड्नु पर्छः जबरा

काठमाडाैं,असाेज,२६-

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताउनु भएको छ ।

ऋाज भत्तपुरमा आयोजित साक्षातकारम अध्यक्ष जबराले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरि सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताउनु भएको छ ।

उहाँले बाम गठबन्धन र प्रजातान्त्रिक शक्ति बीचको सामिप्यता संबिधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हितानुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको बिजय निश्चित रहेका दाबी समेत गर्नुभयो । राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने समेत उहाँले जानकारी दिनुभयो ।नेपालवाणीबाट