मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा अभिभारा : सिंह

काठमाडौं,असोज,२६-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्ति नेपाली कांग्रेसले ल्याएको दावी गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्वको सरकारले ल्याएको उदार आर्थिक नीतिले गर्दा नै मुलुकमा आर्थिक विकास भएको बताउनुभयो ।

दश वर्षमा साम्यवादी ल्याउन कम्युनिष्टहरुको एकीकरणको प्रयास भएको बताउदै सिहँले मुलुकमा साम्यवादी व्यवस्था आए व्यक्तिगत सम्पत्ति नरहने बताउनु भयो ।

उहाँले साम्यवादी व्यवस्था विरुद्ध अबको निर्वाचनमा मतदाताहरुले कांग्रेसलाई मतदान गर्नुपर्ने बताउनु भयो । मुलुकको विकास र प्रजातन्त्रका लागि फेरि एक पटक कांग्रेसको जित अनिर्वाय भएको नेता सिहंको भनाई रहेको छ ।