कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरुविच छलफल

कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरुविच छलफल
फाईल तस्विर !!

काठमाडौं,मंसिर,२६-कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका निर्देशक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोपसँग सम्बन्धित मन्त्रालय र सचिवहरूसँग छलफल गरेका छन्।

कोरोना खोपसँग सम्बन्धित विषयमा शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल गरेका हुन्।

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आबद्ध मन्त्रीहरूसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिका बारेमा छलफल गरिएको स्रोतले जनाएको छ।