सरकारले पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराउछ : मन्त्री आले

फाईल तस्विरमा : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले

काठमाडौं,फागुन,१७-वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसैपटक लागू हुने उहाँको भनाइ छ ।

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा कार्यक्रम अगाडी बढाउनका लागि मन्त्रालयमा छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री आलेले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडी बढाएको उल्लेख गर्दै कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडी बढाउने जानकारी दिनुभयो ।