आजको राशिफल ।। भाद्र २८ गते मंगलवार ।।

काठमाडौं,भाद्र,२८-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २८ गते मंगलवार, (सेप्टेम्बर १३ तारिख) अश्विन कृष्ण तृतीया तिथी !आज चतुर्थी श्राद्ध पनि रहेको छ ।

आज भाद्र २८ गते मंगलवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा हुनेछन्

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ । सामाजिक काममा सफलता पनि पाइनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन मध्यम खालको छ । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल