“श्रीफुल चाहियो भन्छे ” तिज गित आयो बजारमा

काठमाण्डौं,साउन,२६-

स्वाभिमान क्रिअशनको बजार ब्यबस्थापनमा प्रकाश ढकाल र कमल कुँवर को संयुक्त प्रस्तुति तीज कोशेली ” श्रीफुल चाहियो भन्छे ” बजारमा आएको छ ।

शिव ढकाल को शब्द , प्रकाश ढकालको लयमा ऋतु थापा , कमल कुँवर र प्रकाश स्वयम्कै आवाज गीतमा रहेको छ ।  बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादनमा अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ । 

तीजको बेलैमा आफ्नो मायालुले आफुसंग गरगहना चाहियो भनेर गुनासो पोखेका कथा व्यथा गीतमा झल्किएको छ । स्मरण रहोस सो गीतको अडियो बुटवलकै मेगाहर्ज स्टुडियोमा तयार गरिएको हो ।  सुमन पौडेल र पबी बिस्वोकर्माको अभिनय भिडियोमा देख्न सकिन्छ ।

(हेरौ सार्बजनिक गीतको भिडीयो)