धनगढीमा चलिरहेको भोट बराबरको बोट अभियान ३१ गते समापन हुँदै

केपि खनाल/

कैलाली,भदौ,२६-

सुन्दर सुदूर पश्चिमलाई प्रकृतीजस्तै सफा सुग्गर अनि हराभरा तुल्याउने उदेश्य राखी धनगढी उपमहानगर पालिका क्षेत्र वरपर बृहतरुपमा बृक्षारोपण कार्य अधिबढ्दै । यसैगरी यस बृक्षारोपण कार्यक्रम धनगढीको खाली भएको ठाँउमा हजारौ बोट रोपेको जानकारी युवा नेत्रित्व गर्दै रहेका ने.बि.संघ जिल्ला सदस्य हरि ओझा ले बिहानी अनलाइन लाई जानकारी दिनुभयो ।

कुनै बेला स्थानीय निर्वाचनमा सबै आ आफ्नै उम्मेदवारलाई घर घर मा मत माग्न जाने गरेक युवाहरूलाई देखेर अब धनगढीलाई हरियाली बनाउनु पर्छ भन्ने उद्देश्य लिएर ओझा ले चुनाव जित्नु भन्दा अघि नै भोट बराबर को बोट लगाउने लाई मात्र भोट दिन आग्रह गरेका थिए ।

जसअनुसार धनगढी उपमहानगरपालिकाबाट मेयर/उप-मेयर नेपाली कांग्रेसकाले जितिसके पछि त्यहाका निर्वाचित मेयर निर्प ओडले भोट बराबरको बोट अभियानलाई साथ दिएका हुन जसअनुसार अहिले करिव १७०० बोट रोपिएको र यसको समापन अहि भदौ ३१ गते रोपिएका बोटहरु लाई पानी हालेर समापन गर्ने हरियाली अभियान कर्ता हरि ओझाले जानकारी दिनुभएको छ