किन रोईन शान्तीश्री

काठमान्डौँ,भदौ,२६-
धौलागिरीमा जन्मीएका कलाकार तथा बहुप्रतिभाका धनि प्रकाश सपुतको नयाँ दशैं विशेष गीत चरर बरर धरर सार्वजनिक भए पछि चौतर्फि प्रशंसा पाएको छ ।मौलीक तथा समसामयीक विषय बस्तुलाई गीत मार्फत प्रस्तुत गरिएको कारणले पनि यो गीत लोकप्रिय बनेको हो ।चर्चित गायीका शान्ती श्री परियारले गीत हेरेर आफ्नो आँसु नथामिएको भन्दै गीत शेयर गरेकी छन ।

त्यस्तै प्रदेशी गायकको रुपमा चिनिने सुर्य खड्काले पनि गीत आफुलाई अत्यन्तै मन गरेको बताएका छन ।प्रदेशीहरु दशैंको बेला नेपाल आउन नपाएको कुरालाई गीतले उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ ।प्रकाश सपुत र सम्झना लामिछाने मगरको मनमोहक अभिनयले समेत गीतलाई अझ प्रभावकारी बनाएको छ ।

गीतलाई युउटुव मार्फत हेर्ने सबैले उत्कृष्ट गीत मन छुने गीत भनेका छन । यसले पनि गीत उत्कृष्ट भएको प्रष्ट हुन्छ ।प्रकाश सपुत र सम्झना लामिछानको आवाज रहेको सो गीतमा दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन । गीतको लय तथा शव्द प्रकाश सपुतकै रहेको छ ।