नयाँ प्रधानमन्त्रीका लागी सहमति जुटाउन सभामुखद्वारा बैठक अाह्वान

बैठक बेलुकि ५ बजे सिंहदरबारमा बस्ने

काठमाडौं,जेठ,२२-

नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ ।

५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । पुनः मतदान गर्ने निर्णय फिर्ता नभएसम्म संसदको अवरोध नखोल्ने एमालेको अडान पछि संसद बैठक चलाउन नसक्ने निष्कर्ष दलहरुले निकालेका हुन् ।

एक दिनको समय लिएर बैठक सारेका नेताहरुले आज आन्तरिक छलफल पनि गर्ने एमाले नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । संसदको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बैठक रोकिदा प्रधानमन्त्री छान्ने प्रक्रिया पनि लम्बिएको छ ।

राप्रपा, विजय कुमार गच्छ्यदार, केही साना दलले पनि देउवालाई प्रधानमन्त्री बनाउने बचन दिएकाले कांग्रेस, माओवादीलाई आफ्नो उम्मेदवारको पक्षमा बहुमत जुटाउन त्यति अफ्टेरो भने छैन ।

आज कांग्रेस सभापति देउवाले गृहमन्त्री विमलेन्द्र निधि र नेता ज्ञानेन्द्र कार्कीलाई छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पठाउने तयारी गर्नु भएको छ । उहाँले राजपा नेताहरुसँग पनि छलफल गर्नुहुनेछ ।नेपालवाणीवाट