आज विश्व वातावरण दिवस नेपालगंजमा विभिन्न कार्यक्रम गरि मनाईदै

नेपालगंजलाई प्लाष्टिक मुक्त शहर बनाउन हस्ताक्षण सुरु

मधुपौडेल,

बाँके,जेठ,२२-

आज विश्व वातावरण दिवस नेपालगंजमा पनि विभिन्न कार्यक्रम मनाईदै । कार्यक्रमको सुरुवात विहान विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको उपस्थितिमा नेपालगंजको पुष्पलाल चौक देखी विपि चोक हुदै नेपालगंज उपमहानगरपालिकाको प्रङगणमा पुगेर एक कार्यक्रम गरी समापन भएको थियो ।

जिल्ला प्रशासन कार्यलय बाँके प्रमुख रवीलाल पन्थको प्रमुख आतित्थ्यमा भएको समापन कार्यक्रमको अध्यक्षता उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुवरले गर्नु भएको थियो ।

कार्यक्रमको अतिथिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नेपालगंजका प्रमुख राजकुमार चौधरी , जिल्ला वन कार्यलय बाँकेका पुष्पराज बर्तोला , जिल्ला शिक्षा कार्यलयबाकेका प्रमुख भिव बहादुर साउद, जिल्ला जनस्वाथ्य बाँकेका प्रमुख खीम वहादुर खड्का, नेपालगंज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला समन्वय समिति बाँकेका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, क्लिन नेपालगंज ग्रिन नेपालगंजका अभियान्ता डा. विनोद कर्ण , गैरसरकारी प्रतिनिधि शोभाना विष्ट ,सुचाना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी , लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुख पन्थले विश्व वातावरण दिवसको अर्थ विश्वमा विकसित राष्ट्रले आफ्नो विकासका क्रममा गरेका वतावरण प्रदुषण सम्वन्धी कार्यक्रमको नेपाल जस्ता विकासका दृष्टिकोण अति पछाडि परेका राष्ट्रले वतावरण प्रदुषणबाट हुन गएको असरको क्षतिपुर्तिका बारेमा बोल्ने अवसर भएका बताउनु भएको थियो ।

प्रमुख पन्थले नेपालगंजलाई हराभरा र राम्रो बनाउनका लागि हामी प्रत्येक घरबाट लाग्नु पर्ने तथा सुरु गर्न सबैलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अवका दिनहरुमा नेपालगंजका उद्योग व्यवसायीले पनि नगरको वातावरण सफा तथा सुन्दर बनाउनकालागि सहयोग गर्नु र वातावरण जोगाउनका लागि आफु र आफ्नो संस्था उद्योग वाणिज्य संघ सधै साथमा रहने बताउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका बारेमा स्पष्ट पार्र्दै जिल्ला समन्वय समितिका वरिष्ट कार्यक्रम अधिकृत शरद पौडेल आजैका दिन जिल्ला समन्वय समिति लगाएका सरकारी कार्यलयहरुमा सरसफाई गरीने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।कार्यक्रमको सहजीकरण नेपालगंज उपमहानगरपालिका सुचना अधिकारी ओवीराज आर्चयले गर्नु भएको थियो । कार्यक्रममा वातावरण संरक्षणको सन्देश दिने सडक नाटक पनि प्रदर्शन भएको थियो ।

कार्यक्रमकै विचमा नेपालगंजलाई आजैका दिनबाट प्लाष्टिक मुक्त क्षेत्रका लागि अभियान थालनी गर्दै हस्ताक्षर कार्यक्रम पनि सुरु भएको छ । नेपालगंज उद्योग वाणिज्य संघ , क्लिन नेपालगंज ग्रिन नेपालगंज, नेपाल पर्यटन पत्रकार संघ बाँके शाखा , हिमालयन क्लाइमेट इनेसेनिटभ ,सुचना र मानव अधिकार अनुसन्धान केन्द्र , डु गुड डु वेल,लगाएको आयोजनमा गरीएको उक्त हस्ताक्षर अभियानको उद्घाटन जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुख रविलाल पन्थले गर्नु भएको थियो ।

हस्ताक्षरमा उपस्थिति सम्पुण संघ संस्थाका प्रतिनिधि तथा प्रमुखहरुले हस्ताक्षर गर्नु भएको पर्यटन पत्रकार बाँके शाखाका सचिव मधु पौडेलले हामीलाई बताउनुभयो । यसैगरी विश्व वातावरण दिवसका अवसरमा जल वायु संरक्षण अभियान नेपालका अभियान्त हेमन्तराज काफ्ले कार्यक्रमका प्रमुख अतिथि लगायतका व्यक्तित्वहरुलाई जल वायु संरक्षणका लागि महत्वपुण मानिएको निम तथा जमुन लगाएतका विरुवा प्रदान गर्नु भएको थियो ।