काठमाडौं,भदौ,७-
प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ ।