आज हरितालीका तिज : देश विदेशमा एकै साथ मनाईदै

 काठमाडौं, भदौ,८/

हिन्दु नारीहरुको महान पर्वका रुपमा आज हरितालीका तीज देश विदेशमा रहेका नेपालीले एकै साथ मनाईदै छन् । खासगरी हिन्दू महिलामा प्रचलित यस पर्वमा दर खाने, नाच्ने, गीत–संगीतमार्फत् आफनो मनको बह पोख्ने र रमाइलो गर्ने गरिन्छ ।

यतीवेला  नेपालको विभिन्न व्यापारीक ठाँउमा महिलाको भीड बढेको छ । रातो साडी, चुरापोतेमा महिला दिदि बहिनी सजीएका छन् ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान र मनोरन्जन गरिन्छ ।

नेपाली हिन्दू महिलाले स्वतन्त्र र आनन्दमयरूपमा मनाइने तीज अरु धर्म र जातजातिका महिलाले पनि एकसाथ मनाउन थालेका छन् ।

हिमालय पर्वत कि पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेको र त्यसै दिनदेखि आजसम्म हिन्दु नारीले यो पर्व मनाउँदै आएको धार्मिक विश्वस गरिन्छ ।

यस वर्षको हरितालीका सबैको सफल र शुभ रहोस् हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट सम्पुर्ण देश विदेशमा छरिएर बस्नु भएका आम नेपाली महिला दिदि बहिनीहरुमा हार्दिक शुभकामना छ ।