अदालतको मानहानी नभई विरोध गरेको डा. केसीको अदालतमा बयान

काठमाण्डौं,पुस,२५-

अदालतको मानहानी गरेको मुद्दामा सर्वोच्चमा बयानका लागि उपस्थित गराएका डा. गोविन्द केसीले आफूले अदालतको मानहानी नगरेको बयान दिनुभएको छ ।

आज अदालताको मानहानी गरेको मुद्दामा बयान दिँदै डा. केसीले आफूले बोलेका कुराले अदालतको मानहानी नगरेको र त्यसलाई मानहानी भन्न नमिल्ने दावी गर्नुभयो ।

डा. केसीले बयानमा भनेका छन्, ‘न्यायलयको अपमान र मानहानी गर्नै मेरो कुनै उद्देश्य छैन, तर गलत क्रियाकलापको विरुद्ध भने म लडिरहन्छु।’

डा. केसीले प्रधानन्याधीशले भ्रष्टचारलाई बढवा दिने काम गरेको भन्दै आफूले त्यो प्रवृतिको विरोध गरेको बताउनुभयो । उहाँले भ्रष्टचारको विरोध गर्दा आफूलाई किन पक्रेको भन्दै अदालत माथि नै प्रश्न गर्नुभयो ।

केसीले सोमबारबाटै त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा. डा. शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए। सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले उहाँलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सर्वोच्चले सोमबार आदेश दिइएपछि उहाँलाई उपस्थित गराइएको हो।

बयानपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्रा. डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दै छन्। स्रोत: नेपालखबरबाट