
टोकियो,मंसिर,२-जापानको राजधानी टोकियोमा चर्चित लोकरक ब्याण्ड नेपथ्यले सांगीतिक कन्सर्ट गरेको छ।
हजारौंको संख्यामा उपस्थित दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन्।
मंगलबार बेलुकी टोकियो स्थित टोकियो डमको तोयोसु पिट हलमा दुईवटा म्युजिक भिडियो र १६ वटा गीत गाएर दुई घन्टा भन्दा बढी अवधि प्रस्तुति दिएका थिए।
कन्सर्टको सुरुवातमा नै ‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि ,घिनिनिनि’ बाट प्रस्तुति सुरु गरेको नेपथ्य लोकरक ब्याण्डले आफ्नो चर्चित चर्चीत गितहरु ‘भेंडाको ऊनजस्तो’, ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ गाउँदै हलभरी दर्शकलाई झुमिझुमी छमछमी नचाएका थिए।

गाउँदा गाँउदै विच विचमा संगितमा झुमिरहेका दर्शक संग गायक अमृत गुरुङले आफ्नो तीन दशकभन्दा लामो यात्राको अनुभव सुनाउदै भन्नुभयो,तपाईंहरुको यो मायाले गर्दा आज नेपथ्य ब्याण्डले टोकियोमा दोस्रो पटक सांगितीक प्रस्तुती दिईरहेका छौं।
उहाँले विगत सम्झिदै “भन्नुभयो” सांगितिक यात्राको क्रममा साथीहरुबीच मिलन बिछोड सम्मका अनेकौ यादहरु रहेको बताउदै “उन्नुभयो” तपाईहरु विदेशमा अध्ययन, रोजगारीको लागि आउनु भएको छ।यहाँको सिप र धन सम्पती कमाएर आफ्नो देशलाई नभल्नु है,भन्दै सबैलाई स्मरण उराउनु भएको थियो।
उहाँले विच विचमा चर्चित गितहरु ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ गाँउदै दर्शकलाई नचाउदै फेरी अनुभव साट्दै तपाईहरु विभिन्न कारणले यहाँ आईपुग्नु भएको छ।
नेपालमा अझै हजारौं मान्छेले शिक्षा पाएका छैनन्, उपचार पाएका छैनन्,तपाईहरुको एक दिनको कमाई भएनी नेपालमा भएका त्यस्ता व्यक्तीलाई सहयोग गर्नुहोला है भन्दै हलबाटै सबैलाई आग्रह गर्नुभयो।
नेपथ्यको देश प्रति चिन्ता ।।
अनुभव साट्दै गित गाउदै नचाउदै गर्दा नेपथ्य ब्याण्डले देश प्रति पनि उत्तिकै चिन्ता प्रकट गरेको छ।
भर्खरै भएको जेन्जी आन्दोलनलाई सम्झिदै“भन्नुभयो” अबको परिवर्तन भनेको चुनावबाटै गर्न सकिन्छ।तपाईहरु पढे लेखेको मान्छे हुनुहुन्छ,चुनावमा भोट हाल्दा आफू नगए पनि आफ्नो घर परिवार र छर छिमेकिलाई राम्रो मान्छे चुन्नको लागि अपिल गर्न आग्रह गर्नुभयो।
उहाँले फेरी दोहोर्याएर भन्नुभयो देश सम्वृद्ध र परिवर्तन बनाउनु छ,भने त्यो भनेको एउटा मात्र विकल्प चुनाव नै रहेको बताउनुभयो।

अन्तिममा उपस्थित दर्शकलाई देशभक्ती प्रती प्रेरित गर्न राष्ट्रिय गित ‘रातो र चन्द्रसूर्य’ गाउँदा उपस्थित सबै दर्शकले छातीमा हात राखेर गाउन बाध्य भए जुन गितले देशप्रतिको माया र देशभक्ती बन्न अझै प्रेरित गरेको त्यो हलमा गुञ्जयमानले बताईरहेको थियो।
गायक अमृत गुरुङले कन्सर्टको विट मार्दै “भन्नुभयो” यो हिमालयन देशलाई या भनौं रातो र चन्द्र सुर्य अंकित झण्डालाई सहिल्यै झुक्न नदिनुहोला।
हाम्रो पुर्खाजहरुले आर्जेको देशलाई कहिल्यै नभल्नुहोला, भन्दै बर्मा र भुटानबाट लखेटिनु परेका नेपाली नागरिकको विगतलाई स्मरण गर्दै यस्ता कुराहरु विश्वमा भवितव्य आईपर्ने हुन्छ,त्यसैले हामीले पुर्खाले बनाएको देशलाई कहिल्यै भुल्न नहुने भन्दै दर्शकलाई सजक गराउनुभयो।
यसैबिच: टोकियोमा आज भएको कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामाले, किबोर्डमा सुरज थापाले, बेस गितारमा सुविन शाक्यले, र गितारमा निरज गुरुङले र मादलमा शान्ति रायमाझीले सघाएका थिए।




