एनपीएल : आज सुदुरपश्चिम रोयल्स र काठमाण्डु गुर्खाज भिड्ने

फाईल तस्विर ।।

टोकियो,मंसिर,३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बुधबार १ खेल हुने छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा सुदुरपश्चिम रोयल्स र काण्ठमाण्डौं गुर्खाज भिड्ने छन्।

खेल नेपाली समय अनुसार अपरान्ह ४ बजे सुरु हुनेछ।आज हुने खेलमा सुदुरपश्चिम रोयल्सले आफ्नो पहिलो खेल खेल्दै छ भने काठमाण्डु गुर्खाजले दोस्रो खेल खेल्न लागेको हो।

यस अघि भएको उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो।

यसैविच : हिजो मंगलवार भएको खेलमा चितवन राईनोजले कर्णाली याक्सलाई ४ विटेकले पराजित गर्यौ भने अर्को खेलमा बिराटनगर किंग्सले पोखरा एभेन्जर्स माथी सानदार ५३ रनले पराजित गरेको थियो।