एनपीएल : आज लुम्बिनी लायन्स र चितवन राईनोज भिड्ने

फाईल तस्विर ।।

टोकियो,मंसिर,४-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहिवार १ खेल हुने छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा लुम्बिनी लायन्स र चितवन राईनोज भिड्ने छन्।

खेल नेपाली समय अनुसार अपरान्ह ४ बजे सुरु हुनेछ।आज हुने खेलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल खेल्दै छ भने चितवन राईनोजले दोस्रो खेल खेल्न लागेको हो।

यस अघि भएको खेलमा चितवन राईनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो।

यसैविच : हिजो बुधबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई २९ रनले पराजित गरेको थियो।रोमाञ्चक बनेको खेलमा दर्शकको उल्लेखिय रुपमा उपस्थित रहेको थियो।