फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं-भीम रावल

फाईल तस्विर !!

काठमाडौं,चैत,२-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले ओलीले पक्षले २८ गते गरेको निर्णय रद्द गरेपछि आफ्ना गतिविधिहरू पनि रोक्ने बताउनुभएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो ।

पार्टीको विधान विपरित, आफूहरूलाई नबोलाइ छलकपटपूर्ण तरिकाले गरिएका बैठकका निर्णय मान्य नहुने रावलले बताउनुभयो । उहाँले अदालतको निर्णयअनुसार पनि २८ गतेको निर्णय खारेज हुनुपर्ने बताउँदै भएका निर्णयहरू खारेज हुनुपर्ने माग राखेको छ ।

रावलले प्रधानमन्त्रीबाट निर्णय उल्टिने वा आफ्ना मागहरू सम्बोधन हुनेबारेमा अध्यक्ष ओलीले केही पनि नबोलेको बताउनुभयो । नेपाल पक्षले मुख्यतः फागुन २८ गतेको निर्णयलाई बटम लाइन बनाउँदा ओली पक्षले भने माफी माग्दै आत्मालोचनालाई प्राथमिकतामा राखेको छ ।

यद्यपि दुवै पक्ष पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने कुरामा भने सहमत भएको छ । रावलले पहिलो छफफलमै कुराहरू सबै नटुङ्गिने बताउँदै त्यसका लागि अन्य चरणका संवाद र छलफलको आवश्यकता रहेको बताउनुभयो ।

सर्वोच्च अदालतले एकता भएर बनेको नेकपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेललाई दिँदै नेकपा एमाले र नेकपा माओवाली केन्द्र व्यूँताइदिएसँगै नेकपा एमालेमा विवाद चर्कँदो छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा आफूनिकटका केन्द्रीय सदस्य बोलाएर माधव नेपाल पक्षका सम्पूर्ण नेताहरूको जिम्मेवारी खोस्दै माओवादीबाट एमालेमा प्रवेश गरेकाहरूलाई जिम्मेवारी तोक्नुभएको थियो ।

यस्तै उहाँले नवौं महाधिवेशनबाट चुनिएर आएका अध्यक्ष र महासचिव बाहेकक सम्पूर्ण पदहरू खारेज गरेको निर्णय लिनुभएको थियो । सोही निर्णयपछि नेपाल समूहले पनि समानान्तकर कमिटी गठन थालेको थियो ।