काठमाडौं,मंसिर,८-नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्।उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन आह्वान गरिएको छ।
यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ। सबै पदमा गरेर करिब ३ हजार ४ सय भन्दा बढी पदमा दरखास्त दिन भनिएको छ।
देशका आठ वटै पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ।सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफुनै उपस्थित भएर बुझाउन भनिएको छ।

