प्रदेश नम्बर २ को मत परिणाम धमाधम आउँदै

४५ स्थानको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस १६, माओवादी केन्द्र ८ ठाँउमा विजयी

काठमाडौं, असोज ६-

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस १६, नेकपा माओवादी केन्द्र ८, राष्ट्रिय जनता पार्टी ७, संघीय समाजवादी फोरम ६ र नेकपा एमाले ५ स्थानीय तहमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणाम अनुसार महोत्तरीको औरही नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका सुनीलकुमार यादव ३,१५९ मतसहित विजयी भएका छन् । उपमेयरमा राजपाकी रेनुका झा २,९५९ मतसहित विजयी भइन् ।

महोत्तरीको सम्सी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका फारुख शेख २,३४८ मतसहित विजयी भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका शिवनाथ महतो ५,९४४ मतसहित विजयी भए । उपमेयरमा माओवादीकै आशा लामा ५,९७० मत सहित विजयी भइन् ।

रौतहटको यमुनामाई नगरपालिकाको मेयरमा माओवादी केन्द्रका श्रीप्रसाद मुखिया र उपमेयरमा पनि माओवादी केन्द्रकै गीतादेवी साह विजयी भएका छन् ।

महोत्तरीको बलवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोद यादव र उपमेयरमा राजपाकी रीता झा विजयी भएका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शैलेन्द्र यादव ४,५२३ महसहित विजयी भएका छन् । उपमेयरमा कांग्रेसकै सरिता शर्मा विजयी भइन् ।

सप्तरी तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका हेमन्त बहर खेर तथा उपाध्यक्षमा तीर्थमाया मण्डल विजयी भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका श्यामबाबु यादव ५,४५७ मतसहित विजयी भए भने उपमेयरमा सुभद्रा गुप्ता ५,५५१ ल्याएर निर्वाचित भएकी छन् ।

सर्लाहीको हरिपूर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शियाराम राय विजयी भए ।

सप्तरी रुपनी गाउँपालिकाको अध्यक्षमा राजपाका हरेराम यादव विजयी भएका छन् ।

पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका श्रीलाल कानु विजयी भए ।

महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका राजकुमार यादव विजयी भएका छन् ।

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा नेपाली जनता दलका नथुनी कुसवाह र उपाध्यक्षमा संघीय समाजवादी फोरमका राजेश चौरसिया विजयी भएका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा राजपाका सुनील राय र उपाध्यक्षमा पनि राजपाकै सीतादेवी साह विजयी भएका छन् ।

यस्तै रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रीना कुमारी साह ३,९१२ मत ल्याएर विजयी भइन् भने उपमेयरमा सोही पार्टीका गौरीशंकर जैसवाल ३,८८९ मतका साथ विजयी भए ।

सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका किशुनदेव राय विजयी भए भने उपाध्यक्षमा फोरमकै इन्द्रकला देवी विजयी भइन् ।

सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थदास यादव र उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सीतादेवी यादव विजयी भएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयरमा राजपाका शिवनारायण साह ३,८८० मतसहित र उपमेयरमा राजपाकै इन्दुदेवी यादव ३,८५६ मत ल्याएर विजयी भएका छन् ।

बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दनकुमार सिंह २,३३० मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा राजपाकै रामपतिदेवी महतो २,१५३ मत ल्याई विजयी भएका छन् ।

पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ २,८०२ मतकासाथ विजयी भएका छन् । उपाध्यक्षमा सोही पार्टीकी शान्तिमाया थिङ २,४३५ मतसहित विजयी भइन् ।

सप्तरीको बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका परमानन्द यादव ३,५४५ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकै उषादेवी मण्डल निर्वाचित भइन् ।

बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुवनेश्वर धामी ३,३२९ मतसहित निर्वाचित भए भने उपाध्यक्षमा पनि कांग्रेसकै चित्ररेखा चौधरी ३,३७२ मतकासाथ विजयी भइन् ।

सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह ४,५२१ मतसहित विजयी भए भने उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भइन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नीलाम्बर यादव २,१५५ मतसहित विजयी भए । उपाध्यक्षमा अजीरदेवी यादव १,९९६ मतसहित विजयी भएकी छन् ।

सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्षमा संघीय फोरमका बेचनप्रसाद यादव ३,०५८ मतसहित र उपाध्यक्षमा फोरमकै सीतादेवी यादव ३,०१६ मतसहित विजयी भए ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुलबारिक शेख २,७१७ मतसहित विजयी भएका छन् ।

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वमोहन यादव २,३०३ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २,३७७ मतसहित विजयी भइन् ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ब्रम्हदेव यादव विजयी भए ।

त्यसैगरी धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज यादव विजयी भए ।

सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् ।

रौतहटको परोहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शेख वकिल ४,४०० मत ल्याएर विजयी भए भने उपमेयरमा कांग्रेसकै सुगन्धी गिरी ५,९२० मतसहित विजयी भइन् ।

सिरहाको अर्नमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठकु महतो कोइरी २,२३६ मतसहित विजयी भए भने उपाध्यक्षमा केन्द्रकै शियावती मुखिया २,२९९ मतसहित विजयी भइन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरी २,९५७ मतसहित विजयी भए । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन् ।

सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा नेकपा एमालेका उत्तम गौतम ३,०३९ मतसहित विजयी भए । उपमेयरमा पनि एमालेकै आशा चौधरी ३,२२७ मतसहित विजयी भइन् ।

त्यसैगरी सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १,९४६ मतसहित विजयी भए भने उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उषादेवी १,९३५ मतसहित विजयी भइन् ।

धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २,३७७ मतसहित विजयी भए भने उपाध्यक्षमा एमालेकै प्रमिला देवी २,२९९ मत ल्याएर विजयी भइन् ।

रौतहटको इशानाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५,७५८ मत ल्याएर विजयी भए । उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन ५,२३६ मत ल्याएर विजयी भइन् ।

सिरहाको विष्णु गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादीका जागेश्वर यादव १९४० मत ल्याएर विजयी भए भने उपाध्यक्षमा पनि संघीय समाजवादीकै देवी सिंह २,७०० मतसहित विजयी भएकी छन् ।

यसैगरी धनुषाको हंशपुर नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३,३२० मतसहित विजयी हुँदा उपमेयरमा राजपाकै रेणुदेवी झा ३,२७६ मतसहित विजयी भएकी छन् ।

यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४,३०९ मत ल्याएर विजयी भए भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४,३१३ मत प्राप्त गरी विजयी भइन् ।

धनुषाको धनौजी गाउँपालिकाको प्रमुखमा कांग्रेसका बद्री सिंह सवै प्यानलसहित विजयी भएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद बर्मा र उपाध्यक्षमा पनि कांग्रेसकै नितु देवी यादव विजयी भएका छन् ।