चर्चित निर्देशक भट्टराईको निर्देशनमा “दिनुस आर्शिवाद” बजारमा

सिर्जना बर्देवा
ओखलढुंगा ,असोज ५-
पछिल्लो समयका चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । भट्टराईको उत्कृष्ट निर्देशन रहेको यस दशै गीतको “दिनुस आर्शिवाद” म्युजिक भिडियो भर्खरै बजारमा आएको हो ।
प्रदेशीको पिडालाई समेटेर तयार भएको यस गीतमा दुर्गा कँडेलको लय तथा सुदिप कटुवालको शव्द सिर्जना रहेको छ भने चर्चित गायीका देबी घर्ति र स्वयम कटुवालको सुमधुर स्वर रहेको छ ।

कटुवालको प्रस्तुती रहेको यस म्युजिक भिडियोमा चर्चित नायीका रश्मी भट्ट र शिशिर कटुवालको उत्कृष्ट अभिनय रहेको छ ।
निर्देशक भट्टराईको निर्देशन रहेको यस म्युजिक भिडियोको अजय रेग्मीले छायांकन गरेका छन् भने अमर शाक्यले भिडियोको सम्पादन गरेका छन् । यस गितको अडियो तथा भिडियोलाई बाग्लुङ कालीका म्युजिक प्रा।लीले बजार व्यवस्थापन गरेको छ ।