१३अौं धान दिवस कतै उत्साह त कतै निराश

के-पी-घिमिरे/
नेपालगन्ज,असार,१५-
असार महिनाको १५ गतेलाई १३ अौं धान दिवस र दही चिउरा खाने दिनको रुपमा मान्दै अाईरहेको बेलामा कतै जनताहरुमा उत्साह त कतै निराशा छाईरहेको पाईएता पनि धान दिवस भने मनाएको पाईन्छ ।

अाजको दिनलाई “मानो रोपेर मुरी उब्जाउने” पनि भन्ने गरिन्छ । बेलैमा पानी नपरेकाले सिंचाइ नहुने खेतहरु बाझै रहेकामा कतिपय किसानहरु दुखित भएका छन् भने कुनै कुनै ठाउँहरुमा पानी परेको र सिंचाइको व्यवस्था हुदा धान रोपाइँ संगै खुसी पनि भएको पाईन्छ ।

अाजको दिनमा खेत रोपाइँ संगै हिलो छ्याप्ने, कामको चटारोले थकित भएका किसानहरूले दही र चिउरा खाने, दही चिउरा खानाले शक्ति र शितलता प्राप्त हुने जन विश्वास रहेको छ । यस वर्षको चिउरा दिवसलाई ” व्यवसायिक धान खेतीको अाधार ” भन्ने मुल नाराका साथ मनाइँदै छ ।