विश्वकप बाटै अर्जेन्टिना बाहिरियो : फ्रान्स संग ४-३ गोलले पराजित

विश्वकप जित्ने मेस्सीको सपना अधुरै

काठमाण्डौं,असार,१६-

विश्वकप फुटबल २०१८ को पहिलो नकआउट चरणको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ। २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ।

फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए।

तर त्यो अग्रता धेरैबेर कायम रहेन। खेलको ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे। उनी खेलको म्यान अफ द म्याच बने।खेलको अन्तिममा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए। 

अर्जेन्टिना २००२ पछि विश्वकपको क्वाटरफाइनल प्रवेश गर्न असफल भएको हो। पछिल्लो विश्वकपको फाइनल पुगेको अर्जेन्टिना २००२ मा पनि क्वाटरफाइनल प्रवेश गर्न चुकेको थियो।

गत विश्वकप विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको अवस्थामा अर्जेन्टिनाको वर्हिगमनले फ्रान्सको दावेदारीलाई मजबुत बनाएको छ। आज को खेलबाट हार बेहोर्दै बाहिरिएको अर्जेन्टिनाका चर्चीत खेलाडी लिओनल मेस्सीको आफ्नो राष्ट्रलाई विश्वकप दिलाउने उनको सपना अधुरै भएको छ । 

यस्तै अब केहि पछि नेपाली समय अनुसार राती ११:४५ बजे उरुग्गे र पोर्चुगल बिच फिस्ट स्टेडियम, सोची रंगशालामा खेल हुनेछ ।

आगामी दिनमा हुने खेलहरुको समय तालीका

१७ असार २०७५ आईतबारका दिन

साँझ ७:४६ बजे स्पेन र रसिया बिच लुजुनिकी स्टेडियम, मास्को रंगशालामा खेल हुनेछ ।

राती ११:४५ बजे क्रोएशिया र डेनमार्क बिच  निजनी नोव्गोरोड रंगशालामा हुनेछ ।

१८ असार २०७५ सोमबारका दिन 

साँझ ७:४५ बजे ब्राजील र मेक्सिको बिच समारा अरेना, समारा रंगशालामा हुनेछ ।

राती ११:४५ बजे बेल्जीयम र जापान बिच रोस्तोभ अरेना, रोस्तोव-ऑन-डन रंगशालामा हुनेछ ।

१९ असार २०७५ मंगलबारका दिन 

साँझ ७:४५ बजे स्विडेन र स्विर्जल्याण्ड बिच सेन्ट पीटर्सबर्ग रंगशालामा हुनेछ ।

राती ११:४५ बजे कोलम्बिया र ईग्ल्याण्ड बिच स्पार्टक,मास्को रंगशालामा हुनेछ ।

प्रि क्वाटर खेलबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।