सोलुखुम्बुमा भिरबाट जीप खस्दा ६ जनाको मृत्यु

सोलुखुम्बु,असार,१५-

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।नेचा सल्यानबाट पातलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट आज विहान करिब साढे ७ बजेतिर खसेको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकमध्ये उदयपुर सिरिसे–८ का कुसाङ तामाङ, नेचासल्यान गाउँपालिका–२ की सुशिला खड्का, नेचासल्यान गाउँपालिका–२ की उर्मिला बास्तोला, सिरहा घर भएका वन कार्यालय सल्यान कार्यरत शिव कुमार यादव, सोही कार्यालयकी उर्मिला कार्की रहेको जनाइएको छ । १० वर्षीय एक बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम पठाइएको छ । घाइते बालिकाको पहिचान सुस्मा खड्काका रुपमा प्रहरीले गरेको छ । 

प्रहरी घटनास्थलमा पुग्न ढिलो हुँदा स्थानीयबासीले उद्धार गरेका छन् । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । जीप सडकबाट करिब एक किलोमिटर तल खसेको जनाइएको छ ।ईमेजखबरबाट