१६ दिने लैंगिक हिंसा विरद्ध अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज २१ मंसिर-१६ दिने लैंगिक हिंसा विरद्धको अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैगिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बाँके जिल्ला भित्र मानव बेचबिखन विरुद्धको लागि गठन भएको महिला समूहहरुको लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

16 dine aviyanघर शान्तिी नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैगिंक हिंसा रहित समाज भन्ने यस वर्षको नारालाई आफूहरुले व्यवहारमा लागु गर्ने सहभागी महिलाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । पंचकोषी नारी समूह, नेपालगन्ज र सृजनशिल दिदि बहिनी समूह खजुराका महिलाहरुको सहभागितामा भएको अभिमुखिकरण कार्यक्रममा केआई नेपालका संयोजक राधिका गिरी र करिती अन्त्य समाज बाँके अध्यक्ष जयन्ती केसीले अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

16 dine aviyanघरेलु हिंसा र यसको प्रभाव, मानव बेचबिखनका कारण र यसले पार्ने असर, मानव बेचबिखन सम्बन्धी कानूनी व्यवस्था, हिंसाका कारण र यसले समाजमा पार्ने असर, कुसंस्कार र कुरितीलगायतका विषयमा अभिमुखिकरण दिइएको थियो ।