कक्षा ११ आंशिकको नतिजा सार्वजनिक ,४२ हजार ७ सय ९९ जना मात्र उत्तीर्ण

काठमाण्डू,मंसिर २१- कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठमा सञ्चालित परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : http://www.neb.gov.np

गत बर्ष सम्म नीयमित र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो। एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक वर्ष खेर जान्थ्यो । विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको परीक्षा बोर्डले जनाएको छ। कक्षा ११ को नीयमित तर्फको नतिजा भने पुस पहिलो साता सम्म सार्वजनिक गर्ने गरी काम भईरहेको उहाँले बताउनुभयो । कक्षा ११ को परीक्षामा आंशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए।