नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न थारु कल्याणकारी सभाको माग

नवलपरासी,मंसिर २१-  नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो ।

थारुकल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै भने, ‘वर्तमान संविधानमा उल्लेख गरिएको प्रादेशिक सीमाङ्कनले थारु बाहुल्य नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखेर आम थारु समुदायहरुको आत्मा सम्मान, स्वाभिमान, भाषा, संस्कृति र पहिचानलाई समाप्ता पार्ने गरी जातीय ल्कस्टरलाई खण्डित गरेको हामी कुनै पनि हालतमा मान्दैनौं यसले सम्पूर्ण थारुहरुलाई अन्याय गरेको छ । सभापति थारुले अहिलेको सिमाङ्नलाई संशोधन गरी नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा समावेश गर्नेगरी संविधान संशोधन गर्न माग गर्नुभयो ।