काठमाडौं,साउन,१३-सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु भएको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता बालुवाटार पुगेका थिए।
अध्यक्षद्वय ओली र प्रचण्डबीच केहिबेरको छलफलपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बालुवाटारमा रहेका एक नेताले जानकारी दिनुभयो।
बैठकमा प्रचण्ड–नेपाल पक्षका ३० जना नेता उपस्थित छन्।वामदेव गौतम समेत बैठकमा सहभागी हुनेगरी बालुवाटार पुगिसकेको एक नेताले बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापा पनि बैठकमा सहभागी हुन गइरहेको सन्देश पठाएका छन्। पुर्वमाओवादी केन्द्रका लेखराज भट्ट भने बैठकमा अहिलेसम्म पुगेका छैनन्।