एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

काठमाडौं,भदौ,२३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो ।

विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।

आजबाट सुरु भएको संघीय संसद प्रतिनिधिसभाका पहिलो र दोस्रो बैठक एमालेका सांसदहरुको अवरोधका कारण स्थगित गरिएको थियो ।