भरुवा बन्दुकसहित एकजना पक्राउ

रोशन घर्ति
दाङ,बैशाख,३१
भोजपुरको षडानन्द नगरपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१० का साङपाङका २४ वर्षका दिपेन्द्र राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
शनिबार घरमा लोड गरेर लुकाई राखेको गोप्य सूचनाको आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बन्दुकसँगै बारुद र छर्ररा समेत बरामद भएको छ ।