विमान दुर्घटनामा हुँदा ६६ को मृत्यु

तेहेरान फागुन,६-

इरानमा विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएकाे छ। असिमान एयरलाइन्सकाे साे जहाज दुर्घटनामा एक बालिकाकाे समेत ज्यान गएकाे अधिकारीहरूले जनाएका छन्।

मध्य इरानस्थित पहाडी क्षेत्रमा विमान दुर्घटना भएकाे स्थानीय मिडियालाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ। स्थानीय सञ्चार माध्यमहरुले सो बिमान राजधानी तेहरानबाट दक्षिण पश्चिमस्थित यसुज शहरतर्फ जाँदै गरेको बताएका छन्। बिमान सेमिरोम नगर नजिकको पहाडी क्षेत्रम दुर्घटना भएको थियो।

असिमान एयरलाइन्सकाे दुर्घटनाग्रस्त एटिआर ७२- ५०० बिमान भएको बताइएको छ। खराब माैसमका कारण विमान दुर्घटना भएकाे अधिकारीहरूले जनाएका छन्। असिमा इरानकाे तेस्राे ठूलाे एयरलाइन्स कम्पनी हाे। बाक्लाे हुस्सुका कारण उद्धारका लागि घटनास्थलमा हेलिकाेप्टर पुग्न समस्या भएकाे थियाे।

अन्तर्राष्ट्रिय नाकाबान्दीको कारण इरानको व्यवसायिक उडान भर्ने विमानहरु दशकौ पुराना छन्। जुन पछिल्लो केही वर्षमा नियमित जस्तो दुर्घटनामा पर्ने गरेका छन्। अमेरिकासहित पश्चिमा देशहरुसँग परमाणु सम्झौतापछि इरानले बोइङ र एयरबससँग नयाँ विमान खरिदको सम्झौता गरेको छ। इरान नयाँ विमान प्राप्त गर्ने प्रक्रियामै छ।साभार नेपाल खबरबाट