आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडाैँ,फागुन,६-

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि बस्न नसकेकाे एकता संयोजन समितिको बैठक आज बस्न लागेको हो ।

पार्टी एकता र सरकार गठनलाई प्याकेजमा सहमति गरेका अध्यक्ष द्वय ओली र दाहालको निर्णयलाई अन्तिमरुप दिन आज बस्न लागेको नेताहरुले बताएका छन् ।

ओली र दाहालबिच भएको छलफलमा अड्किएको ठाउँबाटै एकता प्रक्रियालाई निरन्तरता दिने गरि आजको बैठकले निर्णय गर्ने छ ।

एमाओवादीले एकतासँगै पार्टी तथा सरकारमा हुने पदीय भागबण्डा सबैमा प्याकेजमा सहमति हुने बताउँदै आएको छ । तर त्यस विषयमा नेताबीच कुरा मिल्न सकेको छैन ।

आज बस्ने एकता संयोजन समितिको बैठकले एकता प्रतिक्रयालाई अघि बढाउने एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । आज बैठकमा सहमति जुटे एक हप्ताभित्र पार्टी एकता प्रक्रियाले मूर्त रुप पाउने नेताहरुको विश्वास छ ।नेपालवाणीबाट