प्रधानमन्त्री ओली सरकारी निवास सर्दै

काठमाडाैँ,फागुन,६-

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली अपराह्न ४ बजेको साइतमा सरकारी निवास सर्ने तयारी गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

वालुवाटारमा नवनियुक्त प्रधानमन्त्रीको स्वागतको तयारी पुरा भएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवारनै प्रधानमन्त्री निवास बालुवाटार छाडिसक्नु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत विहिवार नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।