चलचित्र `आमा´ तेस्रोपटक निर्माण हुँदै,छोरीको भुमिकामा सुरक्षा पन्त

नेपालगन्ज,जेष्ठ ,०२-


नेपालमा बनेको सबैभन्दा पहिलो चलचित्र`आमा´ तेस्रो पटक फेरि निर्माण हुने भएको छ।

सुपरहिट चलचित्र `पशुपती प्रसाद´ फेम्ड सफल निर्देशक दीपेन्द्र के खनालले दुईपटक निर्माण भइसकेको चलचित्र आमाको नाम सापट लिएर तेस्रोपटक बनाउने भएका हुन।

यस भन्दा अगाडि आमा नामक चलचित्र वि.सं. २०२० मा हीरासिंह खत्रीले र वि.सं. २०५१ सालमा रेसराज आचार्यले बनाईसकेका थिए।

दिपेन्द्र के खनालले नै छायांकन अनि निर्देशन गर्ने उक्त चलचित्रमा कथा पनि उनकै रहने छ।
एक आमा र छोरीबिचको सम्बन्धको कथामा आधारीत रहेर निर्माण हुने उक्त चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन।
चलचित्रको टाइटल क्यारेक्टरमा सुर्यमाला खनाल र छोरीको भुमिकामा सुरक्षा पन्त अनुबन्धित भैसकेको निर्माण टिमले जनाएको छ।

चलचित्रमा भुपेन्द्र खड्काले गीत लेख्ने छन। असार दोस्रो हप्ताबाट छायांकन सुरु हुने उक्त चलचित्रमा देशभक्त खनाल,सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको पनि अभिनय रहने छ। चलचित्रको प्रदर्शन मिति आउँने फाल्गुन ९ गते तय गरिएको पनि निर्माण टिमले जानकारी दिएको छ।