खजुरामा दिइयो मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम

नेपालगन्ज, जेष्ठ,०३-

शिक्षकहरु तालिम लिंदै

बाँकेको खजुरामा शुक्रबार(आज)मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम दिइएको छ।

जन जागरण समाज खजुराले दिगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त खजुरा र जानकि गाउँपालिकामा रहेको मदरासा शिक्षकहरुलाई उक्त व्यवस्थापन तालिम दिएको हो ।

बिहीवार देखि शुरु भएको मदरासा व्यवस्थापन तालिम शुक्रबार(आज)सकिएको छ । खजुरा र जानकि गाउँपालिका २१ वटा मदरासाका ३० जना शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम दिइएको जन जागरण समाजका कार्यक्रम सुपरभाइजर राम नरेश प्रजापतिले जानकारी दिनुभयो । तालिमको सहजिकरण राजाराम गुप्ताले गर्नुभएको थियो ।