सैलेन्द्र भण्डारीको ‘निस्टुरी भाग २’ गीत बजारमा आउँदै

नेपालगन्ज,जेष्ठ ,०३-


दैलेखि गायक सैलेन्द्र भन्डारी सलुको चर्चित गित निस्टुरीको दोस्रो भाग चाडैं नै बजार आउने भएको छ ।

दैलेखी गायक तथा सर्जक सैलेन्द्र भण्डारी सलुको शब्द तथा संगीत रहने उक्त गितमा यसपाली भने भण्डारीले स्वरको लागि नवगायक सपन घर्ती मगर र कबिता परियारलाई जिम्मा दिएका छन् ।

ब्लोसम म्युजिक प्रालीद्वारा यसै हप्ता बजारमा आउने गितको भिडियोमा चर्चित मोडल आशा कुमारी शाही र बिरेन्द्र ढकाल संगै राधिकाको अभिनय देख्न सकिने गायक तथा सर्जक भण्डारीले बताए ।

त्यस्तै गितको भिडियो लाई उदय पौडेलले निर्देशन गरेका छन भने भिडियोमा सागर गौतमले छायांकन गरेका छन् ।
गायक भण्डारीले निस्टुरी भाग दुई ले सम्पुर्ण दर्शक तथा स्रोताहरुको मन जित्नेमा ढुक्क रहेको बताउछन् ।

दैलेख स्थायी घर भै गायक भण्डारी रोजगारीको सिलसिलामा कतारमा बस्दै आउनुभएको छ र परदेश बाटनै नेपाली गित संगीतको जगेर्ना गर्न अग्रसर हुनुहुन्छ ।