उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ८ को मृत्यु, ३ घाइते

उदयपुर,कात्तिक,१३-

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।

यो पनि पढ्नुहोस् 

अपडेट : गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते