कैलालीको बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

पवन मुडभरी /

बौनिया,कार्तिक,१३-
कैलालीको बर्दगोरीया गाउपालिकामा हुने जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को सम्पुर्ण तयारी पुरा भएकोे छ । यही कार्तिक १५ गते देखी ३० गतेसम्म जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजना मुडा खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा कैलाली जिल्लाका निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहने छ । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा भएको सोमबार मुडामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

२०७२ सालमा दश हजार पुरस्कार राशिबाट सुरु भएको प्रतियोगितामा यस बर्षको पुरस्कार राशि प्रथम हुनेलाई नगद ४१ ह्जार १ सय ११ रुपया ट्रफी, मेडल र प्रमाणपत्र क्रमस ,द्धितिय हुनेलाई १७ हजार १ सय ११ रुपया प्रदान गरीने छ ।

साथै प्रतियोगिता भरीनै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार १ सय ११ रुपया ट्रफी,र प्रमाणपत्र,उत्कृष्ट व्याट्सम्यानलाई नगद २ हजार १ सय ११ ,उत्कृष्ट बलरलाई नगद २ हजार १ सय ११, राईजिङ प्लेयरलाई नगद २ हजार १ सय ११, ट्रफी,र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा पहिलो चरणका खेलहरु लिग सीस्टममा १५ ओभरमा र त्यसपछीका नक आउट सिस्टमको आधारमा २० ओभरमा संचालन हुने आयोजकले जनाएको छ ।