दिपज्योति नर्सिङ कलेजमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

दाङ,मंसिर २१- जिल्लामा सञ्चालन भएको ट्राफिक सचेतना अभियान अन्तरगत दिपज्योति नर्सिङ कलेजमा ट्राफिक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलको अध्यक्षता एवं कलेजका प्रीन्सीपल विष्णु भजेलको प्रमुख आतिथ्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख सिंहले ट्राफिक नियमबारे प्रशीक्षण दिनुभएको थियो । उहाँले पैदल यात्रु र सवारी चालकले पालना गर्नुपर्ने नियमबारे जानकारी दिनुभएको थियो । ार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक नियमको पालना गर्दै अरुलाई पनि जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । सामुदायीक प्रहरी सेवा केन्द्रका ईञ्चार्ज प्रहरी नायव निरिक्षक विनोद डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सहसचिव कुलबहादुर घर्तिले गर्नुभएको थियो ।