संवैधानिक आयोगको पदाधिकारीमा सिफारिस पाएकाहरूले लिए शपथ

फाईल तस्विर !!

काठमाडौं,माघ,२१-विवादका बीच संवैधानिक परिषदबाट सिफारिस विभिन्न संवैधानियक आयोगका पदाधिकारीले अन्ततः आज (बुधबार) बिहान शपथ ग्रहण गरेका छन्।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति पाएका पदाधिकारीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाउनु भएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न ५ आयोगमा अध्यक्ष सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश जबराले तथा सदस्यहरूलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ खुवाएका हुन्।

कुन निकायमा को?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा-प्रमुख आयुक्त : प्रेमकुमार राई,  आयुक्तहरू : जयबहादुर चन्द र किशोर सिलवाल

मानव अधिकार आयोगमा-अध्यक्ष : तपबहादुर मगर, सदस्यहरू : मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुर

निर्वाचन आयोगमा-आयुक्तहरू : रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर 

वित्त आयोगमा-जुद्ध गुरुङ र अमरराज मिश्र

महिला आयोगमा-अध्यक्ष : कमलाकुमारी पराजुली, सदस्यहरु : कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा

दलित आयोगमा-अध्यक्ष : देवराज विक, सदस्यहरू : मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली
र मेहेले पार्की

समावेशी आयोगमा-अध्यक्ष : मनप्रसाद खत्री, सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पासवान

आदिवासी आयोगमा-अध्यक्ष : रामबहादुर थापा, सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रीना राना र चरण राई

मधेसी आयोगमा-सदस्यहरू : जिवछ साह, रेणुदेवी साह र विजय गुप्ता

थारू आयोगमा- सदस्यहरू : विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू र भोलाराम चौधरी

मुस्लिम आयोगमा-सदस्यहरू : महमुद्दिम अली, मिर्जा अर्सद बेग

तर सबै सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गर्नु भएको थियो ।