ओखलढुंगाका संघिय समाजवादी नेताहरु लागे उपेन्द्र यादव जिताउन

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर, १३-
ओखलढुंगाका संघिय समाजवादी फोरमका नेताहरु पार्टी अध्यक्षलाई सघाउन गएका छन् । जिल्लामा निर्वाचन सकिएपछि दोस्रो चरणको चुनाव हुने सप्तरीमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका लागि ओखलढुंगाका नेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य जुद्ध ढाक्रेको नेतृत्वमा २० जनाको टोली सप्तरी पुगेको संघिय प्रेस फोरमका केन्द्रिय सदस्य एवम् किरात प्रदेश ईन्चार्ज दिपेन्द्र रुम्दालीले जानकारी दिनुभयो ।

हिमाल पहाड र तराई जोड्ने अभियानका साथ आफुहरु पार्टीका अध्यक्षको चुनावी अभियानमा सहभागि भएको उहाँको भनाई छ । दोस्रो चरणको मतदान सकिएपछि मात्रै टोली जिल्ला फर्कने समाजवादी फोरम नेपाल ओखलढुंगाले जनाएको छ ।